अयोध्या फिल्म फेस्टिभलमा नेपाली म्युजिक भिडियो ‘आमाको ममता’ दोस्रो स्थानमा



काठमाडौं – भारतमा आयोजित १८औँ अयोध्या फिल्म फेस्टिभल २०२४ मा, नेपाली म्युजिक भिडियो ‘आमाको ममता’ले दोस्रो स्थान हासिल गरेको छ । सय भन्दा बढी अन्तर्राष्ट्रिय सांगीतिकहरूसँग प्रतिस्पर्धा गर्दै ‘अन्तर्राष्ट्रिय लघु/वृत्तचित्र/वेब सिरिज/म्युजिक भिडियो’ विधामा यो भिडियोले उपाधि जित्न सफल भएको निर्देशक विधान कार्कीले बताएका छन् ।

यो ऐतिहासिक उपलब्धिले नेपाली म्युजिक भिडियो अन्तर्राष्ट्रिय मञ्चमा पनि उच्चस्तरीय प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्य राख्छ भन्ने प्रमाणित भएको निर्देशक कार्कीले प्रतिक्रिया दिए ।

अयोध्या फिल्म फेस्टिभलमा सय भन्दा बढी देशका चलचित्र, लघु चलचित्र, वृत्तचित्र, वेब सिरिज, र म्युजिक भिडियोहरू प्रतिस्पर्धामा थिए । भारत, चीन, नेपाल, अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, र बेलायतजस्ता देशका चलचित्रकर्मीहरू यस महोत्सवमा सहभागी थिए ।

‘आमाको ममता’मा रामकृष्ण ढकालको स्वर, अर्जुन सुवेदीको शब्द रचना, र अर्जुन पोखरेलको सङ्गीत छ । नक्षत्र प्रोडक्शनले निर्माण गरेको यो म्युजिक भिडियोले एउटा अनाथ बालकको सङ्घर्ष, आमा-बुबाको माया, बिछोडको पीडा, र त्यसपछि आउने सफलताको भावनात्मक कथा प्रस्तुत गरेको छ ।

भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बिएल, र दियान गौतमले अभिनय गरेका छन् । छायाङ्कन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । मनीषा पोखरेलले कला निर्देशन गरेकी हुन्, दीपेन गौतम ‘माइकल’ले प्रोडक्शन डिजाइन तयार पारेका छन् ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu