विश्व प्रसिद्ध तबला वादक उस्ताद जाकिर हुसेनको निधन



विश्व प्रसिद्ध तबला वादक र पद्म विभूषणबाट सम्मानित उस्ताद जाकिर हुसेनको निधन भएको छ । सोमबार बिहान उनको परिवारले यो दुःखद खबरको पुष्टि गरेको हो । परिवारका अनुसार उनी इडियोपैथिक पल्मोनरी फाइब्रोसिस रोगबाट पीडित थिए ।

उनी पछिल्लो दुई हप्तादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि सघन उपचार कक्षमा सारिएको थियो ।

उस्ताद जाकिर हुसेनको जन्म सन् १९५१ मार्च ९ मा मुम्बईमा भएको थियो । उनलाई सन् १९८८ मा पद्म श्री, सन् २००२ मा पद्म भूषण र सन् २०२३ मा पद्म विभूषण जस्ता प्रतिष्ठित पुरस्कारहरूले सम्मानित गरिएको थियो । उनले तीन वटा ग्रामी अवार्ड पनि जितिके थिए ।

उनका पिता उस्ताद अल्लाह रक्खा कुरैशी पनि एक प्रसिद्ध तबला वादक थिए । जाकिर हुसेनले ११ वर्षको उमेरमै अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए र सन् १९७३ मा आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द म्याटेरियल वर्ल्ड’ सार्वजनिक गरेका थिए ।

उस्ताद जाकिर हुसेनको निधनले विश्व सङ्गीत जगतमा अपूरणीय क्षति पुगेको छ ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu