नाजिर हुसेन र विजय बरालको नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै



काठमाडौं – थापागाउँस्थित मण्डला नाटकघरमा आउँदो बिहीबारदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा तयार पारिएको यस नाटकले गृहयुद्धले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई प्रस्तुत गर्ने बताइएको छ ।

नाटकमा चिठी पुऱ्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा प्रस्तुत गरिने छ । कविताबाट प्रेरित यस नाटकले द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयास गर्ने अपेक्षा छ ।

नाटकमा अभिनेता नाजिर हुसेनसँगै विजय बराल, रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ । दयाहाङ राई र बुद्धि तामाङ यस नाटकका निर्माता हुन् ।

नाटक पुस २८ गतेसम्म सोमबारबाहेक दैनिक साँझ ५:१५ बजे मञ्चन हुनेछ । शनिवार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu