काठमाडौं महानगरपालिकाको ३०औँ वार्षिकोत्सवमा सङ्गीतको भव्य प्रस्तुतिसहित कलाकार सम्मान



काठमाडौं – काठमाडौँ महानगरपालिकाले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा शनिवार एक भव्य कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गरेको छ । यस कार्यक्रममा नेपाली सङ्गीत क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई झनै रङ्गिन बनायो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोललगायतको उपस्थितिमा भएको यस कार्यक्रममा चित्रकार किरण मानन्धर, लोकगायक कुमार बस्नेत, अभिनेता नरेन्द्र कंसाकार लगायतका विभिन्न क्षेत्रका हस्तीहरूलाई नगद रु एक लाख ५० हजारसहित सम्मान गरिएको थियो ।

समारोहको मुख्य आकर्षण नेपाली सङ्गीत क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति थियो । बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एन्ड द बाजागाजा, केहर लिम्बू एन्ड जोय ब्यान्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर जस्ता कलाकारहरूले आ–आफ्ना चर्चित गीतहरू प्रस्तुत गरी दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

यसबाहेक, कार्यक्रममा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए भने महानगर प्रहरी बलको कवाज र खेलकुदका विभिन्न गतिविधिहरू पनि आयोजना गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले यस वर्षको वार्षिकोत्सवलाई कला, संस्कृति र सङ्गीतको माध्यमबाट मनाउँदै सहरवासीलाई मनोरञ्जन प्रदान गर्ने प्रयास गरेको हो ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu