मानवअधिकार चलचित्र महोत्सवमा ‘रेमन्यान्ट्स’लाई ‘नेपाली पानारोमा अवार्ड’



काठमाडौं – १२ औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘सामूहिक अधिकार’ नाराका साथ आयोजित यस महोत्सवमा धनराज बार्कोटेले निर्देशन गरेको नेपाली चलचित्र ‘रेमन्यान्ट्स’ले ‘नेपाली पानारोमा अवार्ड’ जितेको छ ।

महोत्सवमा ‘देवी’ वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन् । त्यस्तै, ‘ब्ल्याक रेन इन माई आइज’ले उत्कृष्ट लघु वृत्तचित्र र सर्ट फिक्सनतर्फ ‘द फर्स्ट’ले अवार्ड जितेका छन् ।

फिचर डकुमेन्ट्री अवार्ड ‘ह्वेर वी युज्ड टु स्लिप वाई’ले जित्दा फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित ‘अल वि इम्याजिन एज लाइट’ले जितेको छ ।

अवार्ड वितरण समारोहमा प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायत उपस्थित थिए ।

मङ्सिर २४ गतेदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालित यस महोत्सवमा विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरिएको थियो । कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभलहरूमा अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र यस महोत्सवको मुख्य आकर्षण रहेका थिए ।

महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चार दिने वर्कसप सञ्चालन गरेका थिए । जसमा नेपाल, बङ्गलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी भएका थिए ।

मानवअधिकारको विषयलाई चलचित्र माध्यमबाट उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu