नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको जी नेटवर्कमा आउने, विश्वव्यापी दर्शकसम्म पुग्ने मार्ग प्रशस्त



काठमाडौं – नेपाली चलचित्र उद्योगमा अर्को ठूलो उपलब्धि हासिल भएको छ । कार्तिक ३० गते रिलिज भएको चलचित्र ‘ह्रस्व दीर्घ’ ले आफ्नो ओटीटी अधिकार भारतको प्रतिष्ठित जी (Zee) नेटवर्कलाई बिक्री गरेको छ । यस सम्झौताले नेपाली चलचित्रलाई विश्वव्यापी दर्शकसम्म पुर्‍याउने मार्ग प्रशस्त गरेको छ ।

अभिनेता हरिहर अधिकारीले बुधवार साँझ सामाजिक सञ्जालमार्फत यो खुसीको खबर साझा गरेका छन् । यद्यपि सम्झौताको आर्थिक पक्ष गोप्य राखिएको छ, तर नेपाली र दक्षिण भारतीय भाषाहरू बाहेक अन्य भाषाका लागि बिक्री गरिएको जानकारी दिइएको छ । यो नेपाली चलचित्रको इतिहासमा जी नेटवर्क जस्तो ठूलो प्लेटफर्ममा बिक्री हुनु पहिलो पटक हो ।

जी नेटवर्कसँगको सहकार्यले ‘ह्रस्व दीर्घ’लाई भारतीय च्यानल र ओटीटी प्लेटफर्महरूमा उपलब्ध गराउनेछ । यसले नेपाली चलचित्रलाई विश्वभरका दर्शकसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

घरेलु बक्स अफिसमा १० करोडभन्दा बढीको ग्रस व्यापार गरेको दाबी गरिएको ‘ह्रस्व दीर्घ’ निता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा निता ढुङ्गाना र हरिहर अधिकारीसँगै रेखा थापा, गजित बिस्ट, प्रशान्त ताम्राकार, बिपना थापा, सरोज खनाल, दक्षिण भारतीय कलाकारहरू ब्रह्मानन्दम, अलि, सुनिल वर्मा, प्रदीप रावत लगायतको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu