कमेडियन हिक्मत महराको सडक दुर्घटनामा निधन



काठमाडौं – नेपाली हास्यकला क्षेत्रका उदीयमान प्रतिभा हिक्मत महराको निधनले कला क्षेत्र शोकमा डुबेको छ । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चा कमाएका महराको मङ्गलवार राति सडक दुर्घटनामा निधन भएको हो ।

कैलालीको गोदावरी नगरपालिकामा भएको यस दुर्घटनामा महराको सवार मोटरसाइकल अर्को सवारीसाधनसँग ठोक्किएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि बचाउन नसकिएको महराका साथी तथा कलाकार प्रभात लामाले बताए ।

महराको निधनले नेपाली हास्यकला क्षेत्रमा ठूलो क्षति पुगेको छ । स्ट्याण्डअप कमेडियनको रूपमा परिचित उनको हास्यव्यङ्ग्यले समाजका विकृति विसङ्गतिमाथि व्यङ्ग्य कसिरहेको हुन्थ्यो । ‘कमेडी च्याम्पियन’मा उनले सामाजिक मुद्दामा दिएका प्रस्तुतिबाट उत्कृष्ट ४ सम्म पुगेका थिए । 

महराको निधनमा कमेडी च्याम्पियनका  निर्देशक विशाल भण्डारी तथा हिमेश पन्त, मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतका कमेडियनहरुले श्रद्धासुमन व्यक्त गरेका छन् ।

३० वर्षीय महरा कैलालीको शुक्लाफाँटा नगरपालिकाका बासिन्दा थिए ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको र मोटरसाइकल ठोकिएको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu