‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताबीच आन्तरिक विवाद, दुई साझेदारबाट शेयर भुक्तानी रोक्न पत्राचार



काठमाडौं – चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण कम्पनी ‘सेभेन सिज इन्टरटेनमेन्ट’मा आन्तरिक विवाद चर्किएको छ । नेपाली चलचित्रको इतिहासमा सर्वकालीन हिट यस चलचित्रको वितरकबाट प्राप्त हुनुपर्ने शेयर रकमको विषयलाई लिएर कम्पनीका तीन प्रमुख साझेदारबीचको मतभेद बाहिर आएको छ ।

बायाँबाट क्रमशः प्रतीक सुवेदी, विनोद पौडेल र रमेश ढकाल

‘सेभेन सिज इन्टरटेनमेन्ट’ कम्पनीका सञ्चालकहरूमा विनोद पौडेल, रमेश ढकाल र प्रतीक सुवेदी (प्याट्रिक) रहेका छन् । ढकाल र सुवेदीले ‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्रको नाममा ‘सेभेन सिज सिनेमा प्रा.लि.’मा भइरहेको कारोबार रोक्न वितरकलाई पत्र लेखेका छन् । उनीहरूले आफूहरूलाई हालसम्म भइसकेको कारोबारको सम्पूर्ण विवरण दिन र आगामी भुक्तानी रोक्न आग्रह गरेका हुन् ।

निकट स्रोतले ठुलोपर्दालाई बताएअनुसार यो चलचित्र तीन साझेदार रहेको कम्पनी ‘सेभेन सिज इन्टरटेनमेन्ट प्रा.लि.’ अन्तर्गत बनाइएको तर, शेयर रकम भुक्तानी भने ‘सेभेन सिज इन्टरटेनमेन्ट’का साझेदारमध्ये एक विनोद पौडेलले सञ्चालन गरेको एकल शेयर धनी रहेको कम्पनी सेभेन सिज सिनेमा प्रा.लि.’ भएको पाइएकोले यो विवाद भएको हो ।

ढकाल र सुवेदीले चलचित्र दर्ता तथा सेन्सरको प्रमाण पत्र सहितको निवेदन नेपाल चलचित्र सङ्घ, चलचित्र निर्माता सङ्घ तथा चलचित्र विकास बोर्डमा समेत बुझाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu