जीवन र निरजको स्टुपिड मनको पहिलो अनुहार कस्तो होला ?



stupid man

ठुलोपर्दा डटकम, काठमाडौं ।
सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको नेपाली चलचित्र ‘स्टूपिड मन’को फर्स्टलुक पोस्टर र फोटो लुक सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा यो चलचित्रको फर्स्टलुक सार्वजनिक गरियो । सार्वजनिक फर्स्टलुक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई देखाईएको छ ।

कार्यक्रममा बोल्दै निर्देशक दिवाकर भट्टराइले चलचित्रले युवापुस्ताको कथा समेटेको र त्यो माथी थाईल्याण्डका फ्रेस दृश्यहरु समेटिएकोले आफ्नो चलचित्र दर्शकको लागी मनोरञ्जनको राम्रो खुराक बन्ने बताए । त्यस्तै नायक जीवन लुईँटेलले पनि चलचित्रको कथावस्तु र त्यसको प्रस्तुती निक्कै उत्कृष्ट रहेको भन्दै चलचित्रलाई दर्शकले मन पराउने दाबी गरे ।

यो चलचित्रमा जीवनसँगै चाँदनी शर्मा र रिजु श्रेष्ठ, निरज बरालको साथमा मार्टिन खान मुख्य भुमिकामा छन् । थाइल्याण्डका मनोरम दृश्यहरु समेटिएको यो चलचित्रले आफ्नो जीवनको लक्ष्य बिर्सिएर प्रेमको पछाडी लाग्ने युवायुवतीहरुको अवस्थालाई चित्रण गरेको छ । चलचित्रमा लगानी निरज बराल र विवेक शाहीको रहेको छ । चलचित्र ‘स्टुपिड मन’ शुभ फिल्मस्को ब्यानरमा तयार भएको हो ।

संजय लामाको छायांकन रहेको यो चलचित्रमा संगीत अर्जुन पोख्रेल र करण राज कार्कीको रहेको छ भणे द्वन्द्व अष्ट महर्जनको रहेको छ । यो चलचित्रको पटकथा सामिप्य तिमिल्सिनाले लेखेका हुन । यो चलचित्रलाई भदौ २० गतेबाट प्रदर्शनमा ल्याउने निर्माण युनिटको लक्ष्य छ ।

फोटो लुक हेर्नुहोसः

 

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu