‘पुष्पा २’को नेपालको व्यापार कति ?



काठमाडौं – भारतीय अभिनेता अल्लु अर्जुनको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पा २: द रुल’ ले नेपाली बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । बिहीबारदेखि प्रदर्शनमा आएको यस चलचित्रले शनिवारसम्म देशभरबाट करिब ८ करोड नेपाली रुपैयाँ ग्रस व्यापार गरेको बुझिएको छ । यो ओपनिङ नेपाली बक्स अफिसका लागि अत्यन्तै राम्रो हो ।

नेपाली वितरकहरूले यो चलचित्रलाई झन्डै ७ करोड नेपाली रुपैयाँमा नेपाल ल्याएको बताइन्छ । यसको लगानी उठाउन यस चलचित्रले कम्तीमा २२ करोड रुपैयाँ ग्रस व्यापार गर्नुपर्ने हुन्छ । 

‘पुष्पा २: द रुल’ ले भारतसहित अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । भारतमा यसले यसअघि ओपनिङका सम्पूर्ण रेकर्डहरू तोडेको छ ।

‘पुष्पा २’ मा अल्लु अर्जुनले पुनः पुष्पराजको भूमिकामा दमदार प्रदर्शन गरेका छन् । चलचित्रमा उनको अभिनय, एक्सन दृश्यहरू, र संवादहरूलाई दर्शकहरूले अत्यन्तै मन पराएका छन् । रश्मिका मन्दाना श्रीवल्लीको भूमिकामा पुनः प्रस्तुत भएकी छिन् । फहाद फासिल लगायतको कलाकारहरूको अभिनयले पनि दर्शकहरूको मन जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu