अस्ट्रेलियामा नेपाली चलचित्र ‘पिआर’ बन्ने, फस्टलुक सार्वजनिक



काठमाडौं – अस्ट्रेलियामा बस्ने नेपाली समुदायलाई लक्षित गरी निर्माण हुन लागेको चलचित्र ‘पिआर’ को फस्टलुक सार्वजनिक गरिएको छ । आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुति रहेको यस चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् ।

प्रदीप दाहाल निर्माता र गणेश केसी कार्यकारी निर्माता रहेको यस चलचित्रको छायाङ्कन अस्ट्रेलियाका विभिन्न सहरहरूमा हुने बताइएको छ । निर्देशक बस्नेतका अनुसार, चलचित्रका लागि अस्ट्रेलियामा कलाकार तथा प्राविधिकहरूको अडिसन भइरहेको छ र सन् २०२५ को सुरुवातसम्ममा छायाङ्कन सुरु हुनेछ ।

सार्वजनिक गरिएको फस्टलुकमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया आउन लागेको एक व्यक्ति देखाइएको छ । उक्त व्यक्ति आधा महिला र आधा पुरुष रूपमा चित्रित गरिएको छ । महिलाको भागमा नेपालको झन्डा र पुरुषको भागमा कोटसहितको पश्चिमा पहिरन देखाइएको छ । यसबाट चलचित्रले नेपाली प्रवासको पहिचान र द्वन्द्वलाई उठान गर्ने अनुमान लगाउन सकिन्छ ।

चलचित्रको कथा, पटकथा र संवाद गणेश बुढाथोकीले लेखेका हुन् । चलचित्रमा मानस राजको सङ्गीत रहनेछ । चलचित्रले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले भोग्ने सामाजिक, सांस्कृतिक र भावनात्मक पक्षहरूलाई चित्रण गर्ने विश्वास गरिएको छ । राज जङ्ग क्षेत्री चलचित्रका प्रोडक्सन हेड हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu