मेरो बिहेको खबरले म आफै चकित छु: पल शाह



काठमाडौं – अभिनेता पल शाहले आफ्नो विवाहको खबरलाई पूर्णतः झुटो भन्दै सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । उनले शुक्रवार दिउँसो एक स्टेटमेन्ट जारी गर्दै यो विषयमा आफू पनि चकित भएको बताएका छन् ।

पलले फेसबुकमा लेखेका छन्, “मेरो बिहेको खबरले म आफै चकित छु । साथीभाइहरूले गर्नु भएको चिन्ता र चासोको म कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस्, यो खबरमा कुनै सत्यता छैन ।”

पछिल्लो समय पल शाहको विवाहको विषयमा चर्चा व्यापक भएको थियो । केही मिडियाहरूले पनि उनी छिट्टै वैवाहिक जीवनमा बाँधिन लागेका खबर प्रसारण गरेका थिए ।

उनको विवाहको खबर भाइरल भएसँगै उनका प्रशंसक र शुभचिन्तकले बधाईका सन्देश पठाउन सुरु गरेका थिए । तर, पलले यो सबै हल्ला निराधार रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu