‘ह्रस्व दीर्घ’ले दश करोड माथिको व्यापार गरेको दाबी



काठमाडौं – अभिनेत्री नीता ढुङ्गानाको निर्माण तथा अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ले दश करोड माथिको व्यापार गरेको दाबी गरिएको छ । निर्माताले जनाएअनुसार चलचित्रले बुधवारसम्म १० करोड ६० लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ ।

नेपालसँगै अस्ट्रेलिया, न्युजिल्याण्ड, जापान, दक्षिण कोरिया, जापान र मध्य पूर्वका धेरै देशमा प्रदर्शन भइरहेको यो चलचित्रले विदेशमा पनि राम्रो व्यापार गरिरहेको बताइएको छ । निर्मात्री नीता ढुङ्गानाका अनुसार अमेरिका, क्यानडा, युरोपलगायतका अन्य देशमा पनि चलचित्र चाँडै प्रदर्शन हुनेछ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा हरिहर अधिकारी, नीता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कबिर दुहान सिंह, प्रदीप रावतलगायतका कलाकारहरूको अभिनय रहेको छ । बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले खिचेको यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । पन्तले यसअघि केही भोजपुरी चलचित्र निर्देशन गरिसकेका छन् भने नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा काम गरिसकेका छन् ।

अभिनेता हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको यो चलचित्र तेलुगु र हिन्दी भाषामा पनि प्रदर्शन हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu