छ एकान छ पछि वडा नंवर छ को पालो



[one_half last=”no”]chha-ekan-chha
ठुलोपर्दा डटकम, काठमाण्डौ ।

गत बर्षको हिट चलचित्र ‘छ एकान छ’ पछि सोहि टिमले नयाँ चलचित्र बनाउने भएको छ । ब्लकबस्टर चलचित्र ‘छ एकान छ’ कै सिक्वेल स्वरूप नयाँ चलचित्र ‘वडा नम्बर ६’ निर्माण घोषणा गरिए पनि निर्माण टिमले भने सिक्वेल्को रुपमा नबुझ्न आग्रह गरेको छ ।

स्क्रिप्ट अन्तिम चरणमा पुगेको र बर्षातको समय सकिए सँगै भदौबाट वडा नम्बर ६’को काम सुरु हुने निर्माता दिपकराज गिरीले बताए । यो चलचित्र पनि मुलत: कमेडी श्रेणीको हुनेछ ।[/one_half]

यो चलचित्र ‘वडा नम्बर ६’मा पनि ‘छ एकान छ’ कै निर्माण टिम दिपक संगै दिपाश्री निरौला र निर्मल शर्माको लगानी रहनेछ । चलचित्रलाई कसले निर्देशन गर्ने भन्ने कुरा भने बाहिर ल्याईएको छैन ।

श्रोतका अनुसार ‘छ एकान छ’ निर्देशन दिनेश डिसी लाई दोहोर्याउने मनस्थितिमा निर्माण टिम देखिएको छैन भने नायिका रहेकी निता ढुंगानाले पनि यो चलचित्रमा अवसर पाउने सम्भावना कम छ । तर चलचित्रमा कलाकारहरुमा लिड रोलका कलाकारहरु दिपक संगै जितु नेपाल, शिवहरी पौड्याल, सन्दिप क्षेत्री, सिताराम कट्टेल र केदार घिमिरे भने दोहोरिने छन् ।

चलचित्र ‘छ एकान छ’को प्रचार प्रसारको समयमा निर्माण टिम र निर्देशक डिसी बीच कुरा नमिल्दा विवाद उत्पन्न भनेको थियो । गत बर्ष यो चलचित्रले नै लामो समयसम्म चलचित्र नचलेर खडेरी लागिरहेको समयमा थुप्रै दर्शकको मन जित्दै नेपाली चलचित्रमा खुशीको वहार भित्र्याएको थियो ।

सानोपर्दामा अत्याधिक रुचाईएका कलाकारहरुलाई चलचित्रको पर्दामा पनि दर्शकले देश र विदेशमा उत्तिकै साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu