काठमाडौं । नेपाली चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । ट्रेलरले ग्रामीण जीवनको गरिबी, अभाव, र दाम्पत्य जीवनमा सन्तान नहुनाले ल्याएको तनाव झल्काएको छ ।
गाउँमा धामी बसेको दृश्यबाट सुरु हुने टिजरले ऋण, सरसापट, र चरम गरिबीका कारण समाज र परिवारमा हुने समस्याहरूलाई चित्रण गर्छ । सन्तान नजन्मिएपछि श्रीमान्-श्रीमतीबीच हुने दोषारोपण र ग्रामीण जीवनको सङ्घर्ष टिजरले उजागर गरेको छ ।
यम शेर्पाको निर्देशनमा बनेको यो चलचित्र शेर्पा समुदायको संस्कृतिमा आधारित छ र यो चलचित्र पुस २६ गते प्रदर्शन हुनेछ । यसमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, र सृष्टि गौतमलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा पुरुषोत्तम प्रधान निर्माताका साथै छायाकार हुन् । हर्क साउद र डीपी खनालको शब्दमा मनोज थापा मगर, एसडी योगी, रेश्मा पुनलगायतको सङ्गीत छ। ‘कार्साङ’लाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।
ट्रेलर: