काठमाडौं – नेपाली मनोरञ्जन क्षेत्रमा अर्को नयाँ रियालिटी शो ‘मिमिक्री किङ्ग’ आउने भएको छ । ‘सिकाइको पाठशाला’ भन्ने नाराका साथ सञ्चालन हुने यो शोमा देशभरिका मिमिक्री कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन् ।
दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोलाई कमेडियन दिनेश काफ्लेले निर्देशन गरिरहेका छन् । शोको डिजिटल राइट्स ओएसआर डिजिटलसँग छ भने यो एक राष्ट्रिय टेलिभिजनमार्फत पनि प्रसारण हुनेछ ।
‘मिमिक्री किङ्ग’ एक यस्तो मञ्च हो जहाँ मिमिक्री कलाकारहरूले विभिन्न चर्चित व्यक्तित्वहरूको मिमिक्री गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन् ।