विश्व बजारमा नेपाली विज्ञापन



ND1

काठमाडौं – नेपाली विज्ञापन उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सुरुवात गरेको छ । हालै मात्र काठमाडौंमा आधारित ज्याज प्रोडक्सन्सले निर्माण गरेको ‘माइडिया एसी’को नयाँ टिभीसी विज्ञापन विश्व बजारमा प्रसारण हुने गरी निर्माण भएको छ ।

१० वर्षदेखि नेपाली विज्ञापन क्षेत्रमा क्रियाशील ज्याज प्रोडक्सन्सले चीनको प्रतिष्ठित माइडिया कम्पनीसँगको सहकार्यमा तयार पारेको यो विज्ञापन १२० भन्दा बढी देशहरूमा प्रसारित हुनेछ ।

विज्ञापनले सगरमाथा आरोहण गर्ने एक पर्वतारोहीको कथामार्फत माइडियाका उत्पादनहरूले तातो र चिसो दुवै अवस्थामा कसरी राहत दिने गर्छ भन्ने कुरा प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ । पर्वतारोहीको व्यक्तिगत सङ्घर्ष र परिवारसँगको भावनात्मक सम्बन्धलाई जोड्दै यसले दर्शकहरूको मन छुने प्रयास गरेको छ ।

विज्ञापनको सम्पूर्ण छायाङ्कन हरियो पर्दामा गरिएको छ र कि स्टुडियोजले सिजीआई प्रविधिको प्रयोग गरी यसलाई अझ आकर्षक बनाएको छ । विश्व स्तरीय मापदण्डमा निर्माण गरिएको यो विज्ञापनले नेपाली विज्ञापन उद्योगको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने कोसिस गरेको यसका निर्देशक अनिल न्यौपानेले बताए ।

विज्ञापन निर्माणमा करिब चार महिनाको समय लागेको थियो । यस विज्ञापनमा दिव्य देव, सिद्धार्थ सिंह र इभा न्यौपानेले अभिनय गरेका छन् । सृजन प्रजापतिले छायाङ्कन गरेका छन् ।

हेर्नुहोस् विज्ञापन:

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu