‘१२खरी कथा प्रतियोगिता’को नतिजा सार्वजनिक, विष्णु पादुकाको ‘माग्युद् खोना’ उत्कृष्ट



काठमाडौं – बाह्रखरी मिडियाले छैटौँ संस्करणको ‘१२खरी कथा प्रतियोगिता’को नतिजा सार्वजनिक गरेको छ ।

यस वर्षको प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ले द्वितीय र विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार जितेका छन् ।

आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा विजेताहरूलाई पुरस्कृत गर्दै उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तक लोकार्पण गरियो । पुस्तकको सम्पादन नयनराज पाण्डेले गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिताका निर्णायक मण्डल संयोजक प्रा. डा. ज्ञानु पाण्डेले बाह्रखरी मिडियाले नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गरिरहेको बताइन् । “यो प्रतियोगिता साहित्यका लागि प्रेरणाको स्रोत हो,” उनले भनिन् ।

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले सातौँ संस्करणदेखि पुरस्कार राशिमा वृद्धि गरिने घोषणा गर्दै प्रतियोगिताले नेपाली समाज र साहित्यलाई नयाँ दिशा दिएको बताए ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu