साङ्गीतिक लघु चलचित्र ‘कोठा’: गाउँबाट सहर यात्राको मार्मिक कथा



काठमाडौं – आर्ट घरको निर्माणमा तयार भएको साङ्गीतिक लघु चलचित्र ‘कोठा’ शनिवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । भीष्म जोशीको कथा तथा कन्सेप्टमा तयार यस चलचित्रले काठमाडौंमा डेरा गरेर भविष्य खोजिरहेका युवा र उनको मनोविज्ञानलाई मार्मिक ढङ्गले चित्रण गरेको छ ।

चलचित्रले सपना बोकेर काठमाडौं छिरेको एक ग्रामीण युवकको सङ्घर्षलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको छ । निर्देशक जोशीले सहरमा भविष्य खोज्दा गाउँमा छुटेका अतीत र सहरमा भेटिएका रहरहरूबीचको द्वन्द्वलाई चलचित्रमार्फत मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।

चर्चित गायक तथा सङ्गीतकार प्रशान्त सिवाकोटीको स्वर र सङ्गीतले चलचित्रलाई विशेष बनाएको छ । सिवाकोटीले आधुनिक र लोक दुवै लयलाई मिश्रित गरेर गीतलाई अझै आकर्षक बनाएका छन् । उनले गीतमा सुदूरपश्चिमको देउडा भाकालाई पनि समावेश गरेका छन् ।

नव कलाकार प्रवीणकुमार पाण्डेले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनलाई सबि थापा, सरोज खड्का, कल्पना साही, शीतल पाण्डे, सन्तोष बिस्ट, सृष्टि एैर, सागर भुसाल र अनिल दाहालजस्ता कलाकारले साथ दिएका छन् ।

सरोज श्रेष्ठको छायाङ्कन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको छ । निर्देशक जोशी र कवि देव व्रतको शब्दले चलचित्रलाई थप गहिराइ प्रदान गरेको छ ।

निर्देशक जोशीले ‘कोठा’ आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर तयार गरेको बताएका छन् । उनले धेरै नेपाली दर्शक तथा श्रोताहरूलाई साङ्गीतिक चलचित्रले छुनेमा विश्वस्त रहेको बताए । जोशी नेपाली चलचित्र तथा रङ्गमञ्चका सक्रिय र उम्दा कलाकार पनि हुन् ।

भिडियो:

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu