काठमाडौं – गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत ‘साली हो भाटु हो’ सार्वजनिक भएको छ । नेपमेलोले यो गीतलाई शनिवार सार्वजनिक गरेको हो ।
आचार्य आफैँले लेखेको यो गीतमा केशव बडुको सङ्गीत संयोजन छ । गीतमा नेपाली र थारू भाषाको मिश्रण रहेको छ र यसले थारू समुदायको रहनसहन र कला संस्कृतिलाई झल्काउने प्रयास गरेको छ । भिडियोमा चक्र बम, उषा उप्रेती र सृजन खरेल फिचर्ड छन् ।
जेरी भण्डारीले कोरियोग्राफी र निर्देशन गरेको यस भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन छ ।
गीत: