मोहिनी-एआर रहमान सम्बन्धको हल्ला, मोहिनीले गरिन् खण्डन



अस्कर विजेता भारतीय गायक तथा सङ्गीतकार एआर रहमानले हालै आफ्नी पत्नी सायरा बानूसँग सम्बन्ध विच्छेदको घोषणा गरेपछि चर्चामा आएका छन् । यसै दिन उनको ब्यान्डमा काम गर्ने मोहिनी डेले पनि आफ्ना श्रीमान् मार्क हार्टसचसँग सम्बन्ध विच्छेदको घोषणा गरेपछि दुवैलाई लिएर अफवाह फैलिन थालेको थियो । केहीले मोहिनीलाई एआर रहमानको सम्बन्ध विच्छेदको कारण बताउन थालेपछि यो विषय थप चुलिएको थियो ।

मोहिनीले हालै एक भिडियो जारी गर्दै एआर रहमानलाई आफ्नो लागि ‘पिता समान’ रहेको बताएकी छन् । उनले स्पष्ट पार्दै भनिन्, “एआर रहमान मेरा प्रेरणा र पिता समान व्यक्ति हुन् । उनी मेरी उमेरकी छोरीका पिता हुन् । हाम्रो सम्बन्ध सम्मान र माया भरिएको छ । अफवाहले हाम्रो व्यक्तिगत जीवनमा असर गरेको छ, कृपया प्राइभेसीको सम्मान गर्नुस् ।”

मोहिनीले सामाजिक सञ्जालमार्फत मिडियाले यस्तो संवेदनशील विषयलाई तोडमोड गरी अश्लील बनाएकोमा निराशा व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्, “म कसैलाई स्पष्टीकरण दिन बाध्य छैन, तर कृपया गलत आरोप लगाउन रोक्नुस् र हाम्रो व्यक्तिगत जीवनको सम्मान गर्नुस् ।”

भारतीय मिडियाका अनुसार यस विवादबारे एआर रहमानले पनि कानुनी कदम चाल्ने चेतावनी दिएका छन् । अफवाहहरू हटाइएन भने कानुनी प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu