काठमाडौं – समीर खरेल र बेनिशा पौडेलको भावनात्मक गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । गीतले दुई साधारण व्यक्तिको जीवनकथा प्रस्तुत गरेको छ । यस गीतको भिडियोमा प्रियङ्का कार्की र सरोज ओलीले जीवन्त अभिनय गरेका छन् ।
डान्सिङ् नम्बरहरूमा अभिनयले ख्याति कमाएकी प्रियङ्का र हिट गीतहरूका लागि चर्चित सरोज ओलीले यसपटक आफ्ना पात्रमा गहिरो ढङ्गले डुबेर अभिनय प्रस्तुत गरेका छन् ।
गीतका शब्द सरोज ओलीले लेखेका हुन् भने सङ्गीत दीपक शर्माले भरेका छन् । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन्, र श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
मानव सुवेदीको निर्देशन रहेको भिडियोको सहायक निर्देशन जगदीश न्यौपानेले गरेका छन् । पवन सुस्लिङ्गको छायाङ्कन र निर्देशक सुवेदीकै सम्पादनले भिडियोमा जीवन्तता थपेको छ ।
गीतले साधारण जीवनका भावनाहरूलाई सुन्दर ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ ।
भिडियो: