नयाँ लोक दोहोरी गीत ‘बर लाई पिपलु’मा चर्चित कलाकारहरूको प्रस्तुति



काठमाडौं – भिडियोमा चलचित्र र टेलिभिजन शृङ्खलामा ख्याति प्राप्त कलाकारहरूको अभिनय रहेको गत साता सार्वजनिक भएको नयाँ लोक दोहोरी गीत ‘बर लाई पिपलु’को चर्चा भइरहेको छ । अमर दीप बिसी र देवी घर्ती मगरको स्वरमा रहेको यो गीत शिव सुवेदीको शब्द र सङ्गीतमा तयार भएको हो ।

यसको भिडियोमा टेलिभिजनमा चर्चित कलाकारहरू सुरक्षा इटानी (सुरु) र सुस्मिता कुँवर (छोटी)को साथमा। मोडलहरू कविता न्यौपाने, जेबिका कार्की, चलचित्रका अभिनेता तथा टेलिभिजन शृङ्खलामा ‘जेठान’ नामले परिचित गजित बिस्ट र मोडल उमेश कुमार बरालले अभिनय गरेका छन् । विशेष अतिथि कलाकारको रूपमा गम्भीर बिस्ट र सुमन ज्योति न्यौपाने (ल्याङ्ग्रे दादा) प्रस्तुत छन् ।

भिडियोको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् भने सहायक कोरियोग्राफी न्यु सागर लामाले गरेका छन् । दृश्य सम्पादन र कलर ग्रेडिङ राकेश दाहालले गरेका छन् । यो गीतको छायाङ्कन देव दोर्जे लामाले गरेका छन् ।  

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu