आज प्रकाश स्मृति दिवस, दिवंगत भएको दश बर्ष पुरा



prakash-thapaठुलोपर्दा डटकम, काठमाण्डौ ।
आज जेठ १३ गते । नेपाली चलचित्रका बाघ निर्देशक प्रकाश थापा दिवंगत भएको दश बर्ष पुरा भएको छ ।

थापाको निधन २०६१ साल जेठ १३ गते वीर अस्पतालमा भएको थियो । मुलतः चलचित्र निर्देशक भएतापनि सबै विधामा दखले राख्ने थापाले पहिलो चलचित्र ‘मनको बाँध’ निर्देशन गरेका थिए ।

थापाले भारतको देहरादूनमा रहेर नाटकबाट ज्ञान लिएका थापाले केहि हिन्दि चलचित्रमा पनि अभिनय गरेका थिए । उनले हिन्दि चलचित्र ‘सावित्रि’बाट सुरु गरि ‘सुहाग रात’, ‘फर्ज मेरे हमसफर’ लगाएत अमिताभ बच्चनको पहिलो चलचित्र ‘सात हिन्दुस्तानी’मा पनि अभिनय गरेका थिए ।

त्यसपछि नेपाल फर्केर तत्कालिन शाहि नेपाल चलचित्र संस्थानको लागि ‘मनको बाँध’ निर्देशन गरेका थिए ।

बहुप्रतिभाशाली व्यक्तित्वका धनि थापाले निर्देशन गरेको चलचित्र ‘सिन्दर’ नेपाली चलचित्रको इतिहासमा व्यावसायिक सफलताको माननको रुपमा चिनिन्छ । जुन चलचित्र लगातार २७ हप्ता चलेको थियो । ‘सिन्दुर’ २०३६ मंसिर १० देखि २०३७ जेठ ४ गतेसम्म चलेको थियो ।

उनको अन्तिम चलचित्र “नाता रगतको” हो । थापा सिन्दुर” र “जीवन रेखा”मा सशक्त भुमिकामा रहेका थिए ।

थुप्रै पदक, पुरस्कार र विभुषणबाट सम्मानित बनेका थापा वि.सं. १९८७ असार ४ गतेका दिन धनकुटाको मुगा गाउँमा माता कर्णकुमारी र पिता उदिपसिंह थापाको कोखबाट जन्मेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu