काठमाडौं – १९औँ संस्करणको मिस टिन नेपाल प्रतियोगिताको उपाधि सारा पाण्डेले जितेकी छन् । काठमाडौँ जेसिजले बुधवार नेपाल भ्वाइसको स्टुडियोमा आयोजना गरेको कार्यक्रममा उनले उपाधि जितेकी हुन् ।
पाण्डेले मिस टिन नेपालको ताजसँगै ५० हजार नगद, गिफ्ट ह्याम्पर, र मिस फोटोजेनिकको उपाधि पनि प्राप्त गरिन् ।
फस्ट रनरअपमा सुविका उपाध्याय र सेकेण्ड रनरअपमा समृद्धि पोख्रेल चयन भएका छन् । उनीहरूले क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार जिते ।
प्रतियोगिताको व्यवस्थापन ३६५ इभेन्ट्सले गरेको थियो ।