काठमाडौं – ललितपुरको यलमाया केन्द्रमा फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण बिहीबारदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने जनाइएको छ ।
बिहान ९ बजेदेखि सुरु भएको यस महोत्सवमा पहिलो दिन तीन वटा हलमा विद्यार्थीहरूले निर्माण गरेका सात वटा लघु चलचित्र प्रदर्शन गरिनेछ । नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका चलचित्रले सहभागिता जनाएका छन् । यस वर्षको महोत्सवको थिम ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ रहेको छ । यसमा निर्देशनसम्बन्धी कार्यशालामा भारतका प्रसिद्ध निर्देशक कबिर खानको उपस्थिति रहनेछ ।
पुरस्कारका विभिन्न विधाहरूमा प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड रहेका छन् । यस पटक ‘बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड’ थप गरिएको हो ।