चलचित्र ‘अग्निदहन’ प्रिमियर: बोक्सी प्रथाविरुद्धको साहसी प्रहार



काठमाडौं – यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अग्निदहन’को विशेष प्रिमियर बुधवार साँझ काठमाडौंमा सम्पन्न भएको छ । प्रिमियरमा सहभागी भएका फिल्मकर्मी, राजनीतिकर्मी, र विभिन्न व्यक्तित्वहरूले यसको कथावस्तु र प्रस्तुतिलाई मन पराउँदै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

नेपालका ग्रामीण क्षेत्रमा अझै पनि जीवित बोक्सी प्रथाका कारण महिलाहरूले भोग्नुपरेको अन्याय र पीडालाई उठान गर्न यस्ता चलचित्रहरू आवश्यक रहेको जनाउँदै धेरै चलचित्रहरूले समस्या मात्र उजागर गर्ने तर समाधान नदेखाउने प्रचलन तोड्दै ‘अग्निदहन’ले समस्या र समाधान दुवैलाई गहिरो रूपमा प्रस्तुत गरेको टिप्पणी चलचित्र हेरेकाले गरे । साथै, समाजमा व्याप्त भयावह कुरीतिमाथि गरिएको साहसी प्रहारका रूपमा व्याख्या गरे । चलचित्र हेर्दा आँसु आउन खोजेको र डर महसुस भएको बताउँदै प्रिमियरमा सहभागीले यो विषय यथार्थसँग मेल खाएको भन्दै उनले प्रशंसा गरिएको छ ।

यसका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले बोक्सी प्रथाविरुद्ध जनचेतना फैलाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको र यो फिल्म त्यसकै एक हिस्सा रहेको प्रतिक्रिया दिए । घनश्याम लामिछानेले निर्देशन गरेको यस चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, र तारा बहादुर गुरुङ लगायतको अभिनय छ । यसमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, र शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन रहेको छ ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu