ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्ध विच्छेदका खबरहरूको बीच ऐश्वर्याले आफ्नी छोरी आराध्याको जन्मदिन एक्लै मनाएकी छिन् । उनले सामाजिक सञ्जालमा छोरीलाई १३ वर्ष पुगेकोमा बधाई दिँदै केही तस्बिरहरू शेयर गरेकी छिन् । तर, ती तस्बिरमा बच्चन परिवारका अन्य सदस्य, यहाँसम्म कि आराध्याका पिता अभिषेक बच्चन पनि देखिएनन् । यसले गर्दा उनीहरूबीचको सम्बन्धबारे थप चर्चा सुरु भएको छ।
भारतीय मिडियाहरूमा प्रकाशित ती तस्बिरमा ऐश्वर्या आफ्ना दिवङ्गत पिताको जन्म वार्षिकी पनि छोरीसँगै मनाउँदै गरेको देखिन्छ । आराध्या १६ नोभेम्बरमा १३ वर्षकी भएकी थिइन्, तर ऐश्वर्याले २१ नोभेम्बरमा आफ्ना पिताको जन्म वार्षिकीकै दिन छोरीका लागि पोस्ट गरेकी थिइन् ।
अभिषेक र ऐश्वर्याबीचको सम्बन्धबारे अफवाहहरू आए पनि अभिषेकका नजिकका स्रोतले यो सब हल्ला मात्र भएको बताएका छन् । परिवारका केही घटनाहरूमा उनीहरू अलग देखिएकोले यी चर्चाहरूले स्थान पाएको हो ।