काठमाडौं – प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘गोर्खा: बिनिथ द ब्रेभरी’ अब स्पेनिस भाषामा डब गरी ‘अमाजोन प्राइम’बाट ९० देशमा ‘१९१५: लेजेन्ड अफ गोर्खाज’ नामबाट रिलिज हुने भएको छ । यसअघि यो चलचित्र अङ्ग्रेजी भाषामा अमेरिका, युके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान, र जापानमा प्रदर्शन भइसकेको छ ।
चलचित्र गोर्खालीको पहिलो भिक्टोरिया क्रस विजेता कुलवीर थापाको वास्तविक कथामा आधारित छ, जसमा गोर्खालीहरूको त्याग, करुणा, र मित्रताको कथा चित्रण गरिएको छ । २५ सेप्टेम्बर १९१५ मा लुस, फ्रान्समा भएको युद्धमा गम्भीर घाइते भएका कुलवीर थापाले युद्धपछि पीडितहरूको उद्धार गर्दै इतिहास रचेका थिए । यही साहसको कारण उनी भिक्टोरिया क्रस पाउने पहिलो गोर्खा बने ।
शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, र स्योन शाहीलगायतका कलाकारको अभिनय छ। चलचित्रको सम्पूर्ण छायाङ्कन बेलायतमा गरिएको ।
प्रदीप शाही अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रलाई विस्तार गर्ने प्रयासमा सक्रिय छन् । उनले निर्देशन गरेको अर्को चलचित्र ‘एक्लो’ पोस्ट प्रोडक्सनमा रहेको छ, जसमा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनिल थापा, र बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।