बैंकरलाई फिल्म बनाउने चाहना | कमाल ‘हँसिया’को



anil-shahaठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘यस्तै राम्रो चलचित्र बन्ने स्क्रिप्ट छ भने कृपया मलाई देखाउनु होला, म निर्धक्क सँग लगानी गर्न तयार छु’ चलचित्र ‘हँसिया’ हेरेपछि हौसिँदै मेघा बैंकका सिइवो अनिल केशरी शाह भन्दै थिए । चलचित्र हेरिसकेपछी उनले ‘मन छुने चलचित्र’ बनेको भन्दै निर्देशक मिलन चाम्सको खुलेर प्रशंसा पनि गरे ।

शुक्रबारदेखी प्रदर्शनमा आएर हलमा दर्शकको राम्रो साथ पाइरहेको चलचित्र ‘हँसिया’ ले शुक्रवारको दिन नै उल्लेख्य रुपमा दर्शकको साथ पाएको यो चलचित्रले आइतवार सम्म ५० लाख बराबरको कलेक्सन गरेको निर्माण युनिटले दाबी गरेको छ । ‘शुक्रवार भन्दा शनिवार बढी र आइतवार समेत निकै नै राम्रो साथ चलचित्रले दर्शकबाट पायो’ निर्देशक चाम्सले ठुलोपर्दा डटकमलाई भने ‘काठमाडौँ सहितका देशभरका सिंगल स्क्रिनमा दर्शकको साथ बलियो मिलेको च भने मल्टीप्लेक्स हलमा पनि दर्शकको साथ सोचेअनुसार कै मिलेको छ’ ।

उनले पानी परेको दिन भए पनि सोमवार समेत ‘हँसिया’ हेर्न उत्तिकै दर्शक हलसम्म पुगेको पाउँदा खुसी बढ्दै गएको बताए । यो चलचित्रमा हेमा श्रेष्ठ, राजेश हमाल, अदित्य बिक्रम शाह लगायतका कलाकारहरु मुख्य अभिनयमा छन् । ‘हँसिया’मा समाबेश नायिका हेमाको एक्शन चलचित्र हेर्नको लागी दर्शकलाई हलसम्म तान्ने मुख्य कडी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu