ह्रस्व दीर्घ: चार दिनमा ३ करोड ६५ लाख कलेक्सन



काठमाडौं – गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’ले सोमबारसम्म चलचित्रले कूल ३ करोड ६५ लाख कमाएको बताइएको छ । वितरक तथा निर्माताले मङ्गलवार सार्वजनिक गरेको रिपोर्टअनुसार यो चलचित्रले उत्साहप्रद व्यापार गरेको हो ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनको शोकमा सरकारले सोमबार अचानक सार्वजनिक बिदा दिएपछि कार्यालय पुगेका धेरै कर्मचारीहरू हल पुगेका थिए । यसबाट पनि यो चलचित्रको व्यापारमा फाइदा पुगेको थियो । यद्यपि, अर्को चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दबदबाबिच यो चलचित्र शो सङ्ख्यामा भने पछि परेको छ ।

यो चलचित्र प्रबर्धनको लागि यसका अभिनेता भारतीय कलाकार प्रदीप रावत नेपाल आइ हल भिजिटमा पुगेपछि थप उत्साह छाएको थियो । उनी बुधवार दिउसो नेपालगन्जका हलहरूमा जाने कार्यक्रम छ, जसको कारण त्यहाँ बुधवारको लागि मात्र कूल १६ शो दिइएको छ । नेपालगन्जमा एउटा चलचित्रको लागि एक दिनको यो शो ऐतिहासिक हो ।

चन्द्र पन्त निर्देशित यस चलचित्रमा हरिहर अधिकारी, नीता ढुङ्गाना, प्रदीप रावत, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ । बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालद्वारा खिचिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu