काठमाडौं – नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको पहिलो दुई दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माताले सार्वजनिक गरेको रिपोर्टमा पहिलो दुई दिन यो चलचित्रले २ करोड माथिको व्यापार गरेको छ । यो व्यापार उत्साहजनक हो ।
दर्शकको उत्साहजनक साथ पाएपछि यसको टिम काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर प्रत्यक्ष प्रतिक्रिया लिएका थिए । हलमा पुगेका दर्शकले ताली र सिटीका साथ स्वागत गर्दै ‘ह्रस्व दीर्घ’को दोस्रो भाग बनाउन माग गरेका छन् । यस चलचित्रले काठमाडौं उपत्यकामा मात्र नभई नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर, इटहरी, धनगढी लगायतका सहरमा पनि सफल व्यापार गरेको छ ।
चलचित्रले उच्च अकुपेन्सीमा व्यापार गर्दा समेत शो थप नगरेको गुनासो निर्माता तथा अभिनेत्री नीता ढुङ्गानाले गरेकी थिइन् । उनले शनिवार नै यो गुनासो गरेता पनि आइतबार शो थप भएनन्, तर सोमबारको लागि भने केही शो थप भएको देखिएको छ ।
चन्द्र पन्त निर्देशित यस चलचित्रमा हरिहर अधिकारी, नीता ढुङ्गाना, प्रदीप रावत, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ । बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालद्वारा खिचिएको छ ।