काठमाडौं – भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित नेपाली चलचित्र ‘आचार्य’ अब युट्युबमा उपलब्ध भएको छ । बुधवार यो चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा लोकप्रिय गायक सत्यराज आचार्यले आफ्ना पिता भजन शिरोमणि भक्तराज आचार्यको भूमिका जीवन्त रूपमा निभाएका छन् । प्रशान्त रसाइली निर्देशित यस चलचित्रले भजन शिरोमणि प्रतिको सम्मान र श्रद्धाञ्जली प्रकट गरेको छ । १३ वर्षअघि पहिलो पटक प्रदर्शन भएको चलचित्र ‘आचार्य’ गत असार ७ गते पुनः सम्पादन गरी सिनेमा हलमा पुनः प्रदर्शन गरिएको थियो ।
चलचित्रमा भक्तराज आचार्यको जीवनका विविध पाटाहरू समेटिएको छ । सत्यराज आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, र सौगात मल्ललगायतका कलाकारले उत्कृष्ट अभिनय गरेका छन् । भक्तराज आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।