‘तू आशिकी है’ होइन ‘आशिकी ३’ चाहन्छन् कार्तिक आर्यन



बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो चलचित्र ‘भूल भुलैया ३’को सफलतासँगै ‘आशिकी’ फ्रेन्चाइज सुरु गर्ने योजनामा छन् । अनुराग बसुको निर्देशनमा निर्माण हुने भनिएको ‘तू आशिकी है’का लागि उनी मुख्य भूमिका तय भएको छ । आर्यनले उक्त चलचित्रलाई फ्रेन्चाइजीकै रूपमा फिर्ता ल्याउने उनको सोच सहित ‘आशिकी ३’ नामबाट रिलिज गर्न चाहन्छन् ।

यसअघि यस प्रोजेक्टलाई ‘आशिकी ३’ नाम नै दिइएको थियो, तर यस वर्षको सुरुमा ‘टी-सिरिज’ र ‘विशेष फिल्म्स’बीचको विवादका कारण यसको नाम परिवर्तन गरी ‘तू आशिकी है’ राखिएको थियो । तर, ‘भूल भुलैया ३’को हालैको सफलताले आर्यनलाई फ्रेन्चाइजको रणनीतिक मूल्यको पुनर्विचार गर्न प्रेरित गरेको बताइएको छ ।

भारतीय मिडियाहरूमा प्रकाशित रिपोर्ट अनुसार कार्तिकले ‘टी-सिरिज’का भूषण कुमारलाई ‘विशेष फिल्म्स’का मुकेश भट्टसँग शीर्षकबारे वार्ता सुरु गर्न सल्लाह दिएका छन् ।

आशिकी फ्रेन्चाइजले आफ्नै इतिहास रहेको छ । सन् १९९० मा रिलिज भएको मूल फिल्मले राहुल रोय र अनु अग्रवालको करिअरलाई सुरुवात गराएको थियो । सन् २०१३ मा रिलिज भएको ‘आशिकी २,’ जसमा आदित्य रोय कपूर र श्रद्धा कपूरले अभिनय गरेका थिए, जसले पनि ठूलो व्यावसायिक र आलोचनात्मक सफलता हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu