काठमाडौं — ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ का लागि ३० मोडल छनौट भएका छन् । शनिवार होटेल हिमालयनमा आयोजित अडिसनबाट ६ पुरुष र २४ महिला मोडलहरू छानिएका हुन् ।
अडिसनमा २०० भन्दा बढीले सहभागिता जनाएका थिए । छनोट भएका मोडलहरूको नाम केही समयपछि सार्वजनिक गरिने प्रारम्भ प्रोडक्सनका फाउन्डर तथा निर्देशक पवन आचार्यले जानकारी दिए । छनोट प्रक्रियामा निर्णायकको भूमिकामा डा. उदीप श्रेष्ठ, युवराज श्रेष्ठ, सुस्मा कार्की, रमिला नेमकुम, र दीपक ज्ञवाली थिए।
‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ आगामी डिसेम्बर १४ मा होटेल याक एन्ड यति होटेल, काठमाडौंमा हुनेछ । यो शोको चौथो सिजन हो र यस पटकको शोमा विशेष अतिथिका रूपमा बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउनेछिन् ।
यस शोमा नेपालका उत्कृष्ट डिजाइनरहरूले तयार पारेका आकर्षक र नयाँ फेसनका डिजाइनहरू विभिन्न सिक्वेन्समा प्रस्तुत गरिनेछ ।