काठमाडौं – चलचित्र ‘कार्साङ’को लागि अभिनेता जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । कालो टोपी, चेक शर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुटमा रहेका जितुले हातमा कचौरा बोकेका छन्, जसमा परम्परागत मादक पदार्थ ‘जाँड’ रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा घर, पहाड र कुहिरो रहेको दृश्यले उनलाई लेकाली गाउँका स्थानीयको रूपमा प्रस्तुत गर्छ ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र पुस २६ गते प्रदर्शनमा आउँदै छ । शेर्पा समुदायको संस्कृतिमा आधारित यस चलचित्रमा दयाहाङ राई, नवअभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, र सुरवीर पण्डितलगायतका कलाकारहरूको अभिनय छ ।