अमेरिकन फिल्म मार्केटको ४५ औँ संस्करणमा सम्पादक निशान



काठमाडौं । हरेक वर्ष संसारभरका चलचित्रकर्मीहरूका लागि आकर्षणको केन्द्र रहेको अमेरिकन फिल्म मार्केटको ४५ औँ संस्करण नोभेम्बर ५ देखि १० सम्म लस भेगासको पाम क्यासिनो रिसोर्टमा आयोजना भयो । ८० भन्दा धेरै देशका १०० भन्दा बढी वक्ताले फिल्मका आर्थिक पाटोदेखि एआई, फिल्म स्ट्रिमिङ, र स्टोरी टेलिङ जस्ता विषयमा मन्तव्य दिए । यो संस्करणमा संसारभरका ६००० भन्दा धेरै चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो ।

नेपालबाट चलचित्र सम्पादक निशान घिमिरेले आफ्नो ‘राड स्टुडियो’ र नेपाली चलचित्र क्षेत्रलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाए । उनले विभिन्न देशका फिल्ममेकरहरूले छलफल गर्ने क्रममा नेपाली फिल्मको कथावस्तु, प्रविधि, र छायाङ्कनस्थलको बारेमा चासो देखाएको बताए । निशानले यस अनुभवलाई आगामी प्रोजेक्टहरूमा उतार्ने र नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा टेवा पुर्‍याउन कोसिस गर्ने बताए ।

निशान नेपाली म्युजिक भिडियो र चलचित्र सम्पादनमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu