स्वरसम्राट नारायण गोपालको जीवनमा चलचित्र बन्ने, प्रकाश सायमीको निर्देशनमा पुनरागमन



पोखरा – स्वरसम्राट नारायण गोपालको जीवनलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्देशक प्रकाश सायमीले बायोपिक चलचित्र निर्माणको घोषणा गरेका छन् । आइतबार पोखरामा आयोजित ‘स्वरसम्राट नारायण गोपाल’ पुस्तक सार्वजनिक समारोहमा सायमीले चलचित्र निर्माणको तयारी गरिरहेको जानकारी दिए ।

सायमीद्वारा लेखिएको यो पुस्तक नै चलचित्रको कथा बन्नेछ, जसलाई एडप्टेसनको रूपमा पर्दामा प्रस्तुत गर्ने तयारी उनले गरिरहेका छन् । पुस्तक लेख्न ७-८ वर्ष लागेको जनाउँदै सायमीले केही दिनमै चलचित्रको काम सुरु गर्ने बताए । यो चलचित्रलाई पुरानो समयको झल्को आउने गरी लामो समय लगाएर उत्कृष्ट बनाउन आफू प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे ।

पुस्तक विमोचनपछि सायमी

यो चलचित्र निर्देशनसँगै सायमी २५ वर्षपछि निर्देशनमा पुनरागमन गर्ने छन् । सन् १९९९ मा रिलिज भएको ‘हतियार’ उनको पछिल्लो निर्देशन थियो । सङ्गीत र फिल्म निर्देशनमा लामो अनुभव भएका सायमीको निर्देशनमा ‘सिमाना,’ ‘रानीखोला,’ ‘जमिन,’ ‘अवतार,’ र ‘पृथ्वी’ जस्ता चलचित्रहरू सफल उदाहरणका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu