काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियङ्का कार्की अनुबन्धित भएकी छन् । दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने यो चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा यसअघि स्वस्तिमा खड्का अनुबन्धित भएकी थिइन्, साथमा अभिनेता द्वय हरिवंश आचार्य र प्रकाश सपूतको पनि यसमा प्रमुख भूमिका रहने छ ।
आइतबार प्रियङ्काले निर्देशक खनालबाट स्क्रिप्ट लिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै, चलचित्रमा आफूलाई अनुबन्धित गरेकोमा निर्मातासहित सम्पूर्ण टिमलाई धन्यवाद दिएकी छन् ।
यस चलचित्रको लेखन हरिवंश आचार्यले गरेका छन् भने सरोज ओलीले निर्माण गर्नेछन् । यस चलचित्रको छायाङ्कन आगामी माघको दोस्रो सातादेखि काभ्रेको विभिन्न स्थानमा हुने जनाइएको छ ।