सुभेच्छाको मनको मान्छेले अर्कैलाई काखी च्यापेपछी.. | भिडियो



suvechha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आफुले मनले चाहेको मान्छेले अर्कैलाई काखी च्यापेपछी नायिका सुभेच्छा थापा निराश बनेकी छिन् । आईतवार सार्वजनिक भएको राजु गिरी निर्देशित चलचित्र ‘टाईगर द रियल हिरो’को गीतमा उनलाई यस्तै अवस्थामा देख्न सकिन्छ । ‘होला र मिलन अब हाम्रो कहिल्यै’ बोलको उक्त गीतमा म्युजिक अर्जुन पोखरेलको रहेको छ, भने स्वर दुर्गा खरेलले दिएकी छिन् ।

युट्युवमार्फत सार्वजनिक गीतमा प्रेम बिछोडको पीडाबाट ग्रसित अवस्थामा नायिका सुभेच्छा थापालाई देख्न सकिन्छ भने उनीसँगै सुरज रानाभाट, सुशान्त कार्की, अशोक फुयाँल र  समिक्षा अर्याल फिचरिङमा छन् । सुभेच्छा ईन्टरटेनमेन्ट प्रा. लि.को व्यानरमा तयार यो चलचित्रका निर्माता शंकर गिरी र काजल गिरी हुन् । यो चलचित्र साउन २३ गतेबाट देशव्यापी रिलिजको तयारीमा छ ।

भिडियो हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu