काठमाडौंमा ‘कन्दरा’ ब्यान्डको ऐतिहासिक कन्सर्ट सम्पन्न



काठमाडौं । लोकप्रिय ‘कन्दरा ब्यान्ड’ले आफ्नो साङ्गीतिक यात्राको ३२ औँ वर्षगाँठलाई ‘काठमाडौं कलिङ कन्दरा’ नामक विशेष कन्सर्टद्वारा मनाएको छ । शनिवार काठमाडौंको क्लब एलओडीमा सम्पन्न यस कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । कन्दरा ब्यान्डको यो पहिलो काठमाडौं कन्सर्ट हो ।

कार्यक्रमको सुरुवात गायक देवेन्द्र बब्लु र फिरन्तेको प्रस्तुतिबाट भयो, जसमा परम्परागत र आधुनिक सङ्गीतको फ्युजन रहेको थियो । कन्सर्टमा गायक विवेक श्रेष्ठ, गितार वादक देव लामा, बेसिस्ट पङ्कज झा, ड्रमर सुनिल थापा, मादल वादक अविनाश गायक, र किबोर्ड वादक नील घतानीको सशक्त टोलीले उत्कृष्ट प्रस्तुति दिए । विवेकले पहिलो गीत ‘तगारोमा रुमाल राखी बाटो छेकिन् उनले’ गाएपछि माहौल तातेको थियो ।

तिमी परी, लेककी हे माया, बिदेसिएर गइन् उनी, हङकङ पोखरा जस्ता चर्चित गीतहरूमा दर्शकले गुनगुनाएर र तालमा साथ दिए । तिमी पारि र हङकङ पोखरा जस्ता गीतहरूको प्रस्तुति दर्शकहरूको वान्स मोरको मागमा दोहोर्‍याइयो ।

कन्दराले आफ्नो पुराना क्लासिक गीतहरूलाई नयाँ स्वाद र शैलीमा प्रस्तुत गर्दा नयाँ पुस्ताका दर्शकहरूले समेत मन पराएको देखियो । कन्सर्टमा ‘लोकरक’ शैलीमा आधारित कन्दराको नयाँ गीत “बिचरा म” को पनि विशेष प्रस्तुति गरियो ।

कन्दराले आफ्ना गीतसँगै गोपाल योञ्जन र रञ्जित गजमेर जस्ता पुराना स्रष्टाका गीतहरू गाएर उनीहरूलाई सम्मान पनि व्यक्त गर्‍यो ।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu