काठमाडौं । नेपालका प्रख्यात गीतकार तथा भूकम्प विज्ञ डा. शिव सुवेदीले यस वर्ष २०२४ मा वैज्ञानिक जर्नल नेचर द्वारा आयोजित जोन म्याडक्स पुरस्कारमा “जज कमेण्डेसन” सम्मान प्राप्त गरेका छन् । नेपाललाई विश्व मञ्चमा गौरवान्वित बनाउने यो सम्मान उनले नेपालमा भूकम्प सम्बन्धी जनचेतना र तयारीलाई बढावा दिन गरेको उल्लेखनीय कार्यको लागि प्रदान गरिएको हो ।
यो अवार्डको लागि मनोनयनमा परेका ८ जना वैज्ञानिकमध्ये विकासोन्मुख मुलुकबाट सुवेदी मात्र थिए । हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविद्को रूपमा कार्यरत उनले स्विट्जरल्याण्डको लसाने विश्वविद्यालयमा पोस्टडक्टोरल अनुसन्धानकर्ताको भूकम्प सम्बन्धी जोखिम र त्यसको न्यूनीकरणमा विशेष योगदान पुर्याएका छन् ।
सुवेदीले विशेष गरी लोक गीत सङ्गीतमा उल्लेखनीय योगदान गरेका छन् । ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परे भने म’, ‘भुल्नै भयो धौ’ जस्ता मन छुने गीतहरू लेखेर नेपाली श्रोतालाई मन्त्रमुग्ध बनाएका डा. सुवेदीले भूगर्भ विज्ञानमा पिएचडी हासिल गरेका छन् ।