क्याम्पस पढ्न गएका पुन्टे संयम साउन २ गते आउँदै



punte-pared-1

[dropcap][/dropcap]हिलो फिल्म ‘शायद’ बाटै चर्चाको सिखर चढ्न पुगेका नायक संयम पुरीको मुख्य भूमिका रहेको ‘पुन्टे परेड’ श्रावण को २ गते बाट प्रदर्शनमा आउने भएको छ । यो चलचित्रको सार्वजनिक गरिएको फस्टलुक पोष्टरमा संयमको चर्तिकला देखाइएको छ । फिल्म भित्र संयम चुलबुले पात्रको रुपमा देखिएका छन् । ‘फिल्म मा भर्खरै एसएलसी पास गरे क्याम्पस पढ्न गएका टिन एजर्स को कथा रमाइलो तरिकाले प्रस्तुत गरेका छौ’ निर्देशक सुवास कोइरालाले बताए ।

यस अघि ‘अपवाद’सोसल ड्रामा तथा ‘आवरण’ सस्पेन्स र थ्रिलर फिल्म निर्देशन गरिसकेका कोइरालाले यसमा भने विशुद्ध मनोरञ्जन पस्केको बताए । कमेडी फिल्म ‘पुन्टे परेड’ हेरे पछि दर्शकले आफ्नो टिनएज सम्झने निर्देशक कोइरालाको भनाइ छ । यसै गरी यस अघि ‘आई एम सरी’ फिल्म निर्माण गरेका निर्माता हरि महतले पनि फिल्मले दर्शकको मन जित्ने बताए । फिल्ममा हरि संगै सुरज कोइरालाको पनि लगानी रहेको छ । यसमा संयम संगै एन्जिला दाहाल, निलु डोमा शेर्पा, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापाको अभिनय रहेको छ भने बिशेष भूमिकामा प्रियंका कार्की पनि देखिदै छिन ।

punte-pared-2
‘शायद’ पछि यस फिल्ममा देखिन लागेका संयमले यस बाट आफ्नो करियरमा एउटा इट्टा थपिने बताए । ‘शायद पश्चात पनि निकै अफर आएका थिए तर आफू सुहाउदो न भएकोले गरिन् । तर यो कथामा मैले आफुलाई पाए । यो फिल्म हेर्दा सबैले आफ्नो कलेजको दिनहरु सम्झनु हुनेछ’ उत्साहित हुदै संयमले भने ।

यसै गरी यसै फिल्म बाट डेब्यु गर्न लागेकी एन्जेलिना पनि फिल्मलाई लिएर खुशी व्यक्त गरिन् । ‘पहिलो फिल्ममा नै राम्रो ब्यानर तथा सुबास दाइ र संयम संग काम गर्न पाए , काम संगै धेरै कुरा सिक्न पाए’ एन्जेलिनाले फिल्ममा काम गर्दाको अनुभव सुनाइन । यसमा कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu