तीजको मौसममा ‘ठूली’को कथा



ठुलोपर्दा डटकम, काठमाण्डौ ।garima-panta-thooli
पोष्ट प्रोडक्शनमा गएको नारी प्रधान चलचित्र ‘ठूली’को सम्पादनको काम सकिएको छ । काठमाडौंको बाजबजार स्थित ‘सिने जोन’ स्टुडियोमा चलचित्रको पोष्ट प्रोडक्शनमा व्यस्त निर्देशक सुर्य बोहराले चलचित्रको सम्पादनको काम सकिएको र अब आउँदो मंगलवारदेखी ‘डबिङ’को काम सुरु हुने बताए ।

निर्देशक बोहराले पछिल्लो समय तीव्र गतीमा काम सकाउको चलचित्रमा आफ्नो चलचित्र परेको दाबी गर्दै चलचित्रलाई हरेक पक्षबाट उत्कृष्ट बनाउने प्रयास गरिरहेको बताए ।

नारीहरुको चाड तीजको छेकोमा प्रदर्शनमा ल्याउने तयारी स्वरुप पोष्ट प्रोडक्शनमा गएको यो चलचित्रको सबै काम तीन महिना भित्र सकाउने लक्ष्य निर्माण युनिटको छ ।

चलचित्रले नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र आत्याचारको विरुद्ध नारी आवाज सशक्त हुनुपर्ने प्रकारको कथा बोलेको निर्देशक बोहरा बताउँछन् । यो चलचित्रमा लगानी भने अमेरिकामा बस्दै आएका पुष्कर पन्तको छ । यसअघी ‘ठट्टा’ नामक टेलिसिरियल बनाएका पुष्करले ‘ठुली’मार्फत ठूलोपर्दाको चलचित्रमा पहिलो पटक लगानी गरेका हुन । चलचित्रका कार्यकारी निर्माता भने सुनिल बस्नेत हुन् ।

‘ठूली’मा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ । यो चलचित्रलाई शेर बहादुर लामाले खिचेका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ । द्वन्द्व निर्देशन सुरेन्द्र शाहले गरेको यो चलचित्रमा नृत्य बसन्त श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu