‘पूर्ण बहादुरको सारङ्गी’लाई देशभर करिब ३०० शो: अधिकांश टिकट बिक्री, विदेशमा पनि उच्च माग



काठमाडौँ। प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले रिलिजको तेस्रो दिन देखी देशभर उल्लेखनीय व्यापारिक सफलता हासिल गरेको छ। आज बुधवार, नेपालभरका करिब ३०० शोहरूमा प्रदर्शन भइरहेको यो चलचित्रका अधिकांश टिकटहरू बिक्री भइसकेका छन्। बिहान ६ बजेदेखि राति ११ बजेसम्म विभिन्न हलहरूले शोहरू उपलब्ध गराएका छन्।

देशभित्रको यो उत्साहसँगै, विदेशमा रहने नेपाली समुदायमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ प्रति उच्च माग देखिएको छ। अमेरिका, अस्ट्रेलिया, युरोप, र खाडी मुलुकहरूमा रहेका नेपाली समुदायले चलचित्रको प्रदर्शनका लागि व्यापक चासो देखाएका छन्। निर्माण टिमले विदेशमा प्रदर्शनको तयारी गरिरहेको जानकारी दिएको छ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सङ्घर्षलाई चित्रण गर्ने सामाजिक कथावस्तुमा आधारित चलचित्र हो। सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा विजय बराल, प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ। पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् भने सङ्गीत प्रशान्त सिवाकोटीले दिएका छन्।

दर्शकहरूको सकारात्मक प्रतिक्रिया र उच्च अकुपेन्सीले नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको सङ्केत देखिएको छ। यो चलचित्रसँगै नेपालमा रिलिज भएका विदेशी चलचित्रको भने व्यापार उत्साहजनक देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu