जापानमा ‘ह्रस्व दीर्घ’को उच्च माग



काठमाडौं। नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को जापानमा रहेका नेपालीमाझ उच्च माग रहेको देखिएको छ। यही कार्तिक ३० गतेदेखि नेपालमा रिलिज हुने यो चलचित्र नेपाल रिलिजसँगै यो चलचित्र जापानका विभिन्न सहरहरूमा विभिन्न मितिमा प्रदर्शनमा आउने भएको छ।

टोकियो, नारिता, नागोया, फुकुओका, ओसाका, कोबे, क्योटो, सिजुओका, निगाता, ओकिनावा लगायतका चौध प्रमुख सहरहरूमा यसका शोहरू सोल्ड आउट भइसकेका छन् भने थप माग आइरहेको बताइएको छ।

‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज हुने तयारी छ। नीता फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्र चन्द्र पन्तको निर्देशनमा बनेको हो। यसमा हरिहर अधिकारी, नीता ढुङ्गानासहित दक्षिण भारतका ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रदीप रावत लगायतका कलाकारहरूको अभिनय छ। बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले सिनेमाटोग्राफी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu