‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक



काठमाडौं। यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को ट्रेलर काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ। झन्डै ४ मिनेट लामो यस ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको कथालाई समेटिएको छ। ट्रेलरमा डेटिङ सञ्जालमार्फत परिचित हुने दुई पात्र नाजिर र सृष्टिको यात्रामा आउने चुनौतीपूर्ण घटनाहरू र उतारचढावलाई प्रस्तुत गरिएको छ।

चलचित्रले पहाडी–मधेशीबीचको मेलमिलापको प्रयासलाई कथा बनाएको छ, जहाँ नाजिर ‘राम’ र सृष्टि ‘सीता’को भूमिकामा देखिन्छन्। ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका छन्, जसले यसअघि चर्चित डकु–ड्रामा ‘उजेली’ तथा ‘हाम्रो मुमिन’को निर्देशन गरेका थिए। निर्देशक गौचनकै लेखनमा निर्माण भएको यो चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतका कलाकारहरूको अभिनय रहेको छ। विशेष भूमिकामा अमितेष शाह देखिने छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको यस चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, र सञ्जय भट्टचन सह-कार्यकारी निर्माताको रूपमा छन्। चलचित्रको कथा, लेखन र निर्देशन दीपेन्द्र गौचनले गरेका छन् भने अमित पोखरेल र अमितेष शाह सहायक लेखकको रूपमा छन्।

चलचित्रका प्रमुख प्राविधिक टिममा अमर महर्जनको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन, र दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको सङ्गीत रहेको छ। गीतमा सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीले स्वर दिएका छन्। राजीव कर्णको कोरियोग्राफी र काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम डिजाइन तथा अकी थेक्पाको आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu