अभिनेत्री लामिछाने अमेरिकाको पहिलो नेपाली बैङ्कको ब्रान्ड एम्बेस्डरमा अनुबन्धित



काठमाडौं। अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालीहरूले स्थापना गरेका पहिलो नेपाली वित्तीय संस्था एभरेस्ट फेडेरल क्रेडिट युनियनको ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छन्। बैङ्कको तेस्रो वार्षिक साधारण सभाबाट उनलाई यस भूमिकामा नियुक्त गरिएको जानकारी बैङ्कको सञ्चालक समितिले दिएको छ। एभरेस्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्षअघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो, जसको संस्थापक अध्यक्ष मोहन ज्ञवाली हुन्।

बैङ्कका अध्यक्ष डा. मदन उप्रेतीका अनुसार नेपाली चलचित्र तथा टेली चलचित्रमा लामो समयदेखि योगदान दिँदै आएकी लामिछानेलाई अमेरिकामा रहेका कारण पनि ब्रान्ड एम्बेस्डरको भूमिका दिइएको हो। न्युयोर्कमा मुख्यालय रहेको यो बैङ्कले हाल टेक्ससमा शाखा विस्तार गरेको छ, र अब ओहायो र भर्जिनियामा समेत नयाँ शाखा खोल्ने तयारीमा छ।

अभिनेत्री लामिछानेले यसै महिनाको नयाँ शाखा उद्घाटनपछि नेपाल फर्किने योजना रहेको बताएकी छिन्। उनले भनिन्, “अमेरिकामा नेपालीहरूले बैङ्क स्थापना गर्नु आफैँमा गर्वको विषय हो। यस बैङ्कको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउँदा म झनै उत्साहित छु। यस भूमिकामा म बैङ्कको प्रचार-प्रसारका विभिन्न परियोजनामा संलग्न हुनेछु र आफ्नो जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ निर्वाह गर्नेछु।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu