काठमाडौं। ओटीटी प्लेटफर्मको लोकप्रिय भारतीय सिरिज ‘मिर्जापुर’ अब ठुलो पर्दाको चलचित्रको रूपमा आउने घोषणा गरिएको छ। सोमबार भारतीय चलचित्र निर्माण कम्पनी एक्सेल मुभिजले १ मिनेट ३० सेकेन्डको टिजर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेको हो।
टिजरमा कालीन भैया (पङ्कज त्रिपाठी) र गुड्डू भैया (अली फजल) का संवादहरू छन्, जसले मिर्जापुरको गद्दीको महत्त्व र जोखिमको सङ्केत गर्छन्। दोस्रो सिजनबाट भूमिका अन्त्य गरिएका मुन्ना भैया (दिव्येन्दु शर्मा) र पहिलो सिजनमा मारिएको कम्पाउन्डर (अभिषेक बनर्जी) को पनि चलचित्रमा पुनरागमन हुने जनाइएको छ।
निर्माता रितेश सिधवानी र फरहान अख्तरले चलचित्रलाई एक्सेल मुभीजको ब्यानरमा निर्माण गरी सन् २०२६ मा हलमा रिलिज गर्ने जनाएका छन्। यस चलचित्रको निर्देशन गुरमीत सिंहले गर्नेछन्।
टिजर: