शिवको आधा जिन्दगी कसरी गयो ?



aadha-jindagi

ठुलोपर्दा डटकम, काठमाण्डौ।
हरेक गीतलाई चर्चाको शिखरमा पुर्‍याउँदै आएका शब्द संकलक तथा संगीतकार शिव सुवेदीले पुनः चर्चा पाएका छन् । पुष्पाञ्जली म्यूजिक प्रा.लि. मार्फत ‘मेरो आधा जिन्दगी’ बोलको लोक दोहोरी गीत बजारमा ल्याएका सुवेदीले सामाजिक यथार्थलाई शब्दमा बुनेका छन् । शब्दको न्याय हुने गरी संगीत भरेका छन् ।

आत्मिय मायामा रमेको दम्पती कामको शिलशिलामा टाढा बस्नुपर्दा उत्पन्न हुने मनका भावना शिवले गीतमा उतारेका छन् । २०६१ सालबाट संगीत यात्रामा रहेका शिवका ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘भुमरीमा परेँ भने म’, ‘भुल्नै भयो धौ’, ‘आमा तिम्रो दुशको भारा’, ‘घामले नि पोल्दियो’, ‘किन यस्तो हुन्छ’ लगाएतका सुपरहिट गीत हुन् ।

‘मेरो आधा जिन्दगी’ बोलको गीतमा कुलेन्द्र बिक र पूर्णकला बिसीको स्वर रहेको छ । कपिल लामाको निर्देशन रहेको यो गीतको भिडियोमा नायिका पुजना प्रधान र महिन्द्र गौतमको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu